राजनीति
विवादास्पद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।
विप्लव नेतृत्वको नेकपा सहितका २२ राजनीतिक दलले संसद घेराउ कार्यक्रम गरेका हुन् । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले व्यापक दमन गरेकोे छ । प्रहरीले प्रदर्शनीकारीमा अन्धाधुन्ध लाठीचार्ज गरेको छ ।प्रहरी दमनका बाबजुद प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् ।
दलालहरुले संसदभित्र राष्ट्रघाती एमसीसी पारित गर्ने षडयन्त्र गरिरहदा त्यसका बिरुद्ध क्रान्तिकारी, देशभक्तहरुले यतिबेला तीनतिरबाट संसद भवन घेर्दै प्रदर्शन गरेका थिए । तीनतिरैबाट भएका प्रदर्शनलाइ प्रहरीले रोक्ने प्रयास गरेको थियोे ।
प्रदर्शनमा तिनतिरका आर्कमा मुख्य नेताहरु बाडिएका थिए । संसदभवनकाे पानी ट्याङकि क्षेत्रमा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेलाकाे नेतृत्वमा, हाेटेल एभरेष्ट नजिक सचिवालय सदस्य प्रकाण्ड र यातायात बिभागकाे आर्कमा नेता सिपि गजुरेल लगायतले नेतृत्व गरेका थिए।
संसद चलेकाे समयअवधिभर तिनै आर्कमा निरन्तर जसाे झडप भइरह्याे त्यसक्रममा नेकपाका सचिवालय सदस्य प्रकाण्ड वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुती लगायत दुई दर्जन बढी प्रदर्शनीकारी घाइते भएका छन् । प्रदानकर्ताले प्रहरीकाे घेरा ताेड्दै पानी ट्याङकि अगाडिकाे संसद भवनकाे गेटमै गयर नारावाजी गरेपछि स्थिति झन तनावग्रस्त भयाे ।
प्रहरीको लाठीचार्चको प्रतिरोधमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछी दुबैपक्षबीच लखेटालखेट भएको थियो। प्रहरी दमनले प्रदर्शनलाई थप उत्तेजित बनाउन खोजेपनी प्रदर्शनकारी संयमित देखिन्थे
यसैबीच प्रहरीलाई छक्याउदै युवाहरुले संसद भवन गेटमै पुगेर कालो झण्डा प्रदर्शन गरेपछी प्रहरीले केहिबेर हेरेकाे हेरइ भएको थियोे ।
प्रदर्शनका क्रममा करिव ५ दर्जन बढी प्रदानकर्ता गिरफ्तार गरिएको छ । क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल, नेताहरु परि थापा, दिनेश शर्मा ओम पकाश पुन लगायतका प्रदर्शनकारीलाई प्रहरीले प्रहरी प्रभाग नयाँ बानेश्वर र तिनकुने प्रहरी चाैकि राखेकाे छ ।