logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी बिरुद्ध प्रतिराेध संघर्षमा उत्रिन विप्लवकाे अपिल


  • राजनीति
  • बुधबार, मंसिर २९ २०७८

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले विवादास्पद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर संसदभवन अगाडिको प्रदर्शनमा भएको प्रहरीले दमनकाे विराेध गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनीतिक दलले संसद घेराउ कार्यक्रम गरेका हुन् ।  नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले व्यापक दमन गरेकोे छ । प्रहरीले प्रदर्शनीकारीमा अन्धाधुन्ध लाठीचार्ज गरेको थियोे ।

प्रदर्शन सकिय लगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले नेपालमा कुनै पनि हालमा एमसिसी लागू हुन नदिने भन्दै याे खारेज नभएसम्म आन्दोलन निरन्तर अगाडि बढ्ने बताएका छन् ।

महासचिव विप्लवले संसदमा एमसिसी टेवुल नगर्न सभामुख अग्नि सापकोटालाई चेतावनी दिएका छन् उनले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाइ प्रतिवाद गर्न अपिलपनि गरेका छन् ।

यस्तै विप्लवले यदि अमेरिकीहरुले नेपाललाई सहयोग गर्न खाेजेकाे भए विना सर्त बिना सम्झाैता रकम हस्तान्तरण गर्न माग गरेका छन् जारी विज्ञप्तिमा भनिएकाे छ यदि अमेरिकी सरकारले नेपाललाई सहयोग गर्न खाेजेकाे हाे भने बिना सर्त बिना सम्झौता पैसा दिनुपर्छ अन्यथा एमसिसी यथासिघ्र फिर्ता लिन अमेरिकी सरकारलाई अपिल गरिएको छ ।

संसदभित्र राष्ट्रघाती एमसीसी पारित गर्ने षडयन्त्र गरिरहदा त्यसका बिरुद्ध क्रान्तिकारी, देशभक्तहरुले यतिबेला तीनतिरबाट संसद भवन घेर्दै प्रदर्शन गरेका थिए ।  तीनतिरैबाट भएका प्रदर्शनलाइ प्रहरीले रोक्ने प्रयास गरेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार