राजनीति
नेकपाका सचिवालय सदस्य खड्क बिश्वकर्मा प्रकाण्डले एमसिसी फिर्ता नभए आम हड्तालमा जाने चेतावनी दिएका छन् । विवादास्पद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर संसदभवन अगाडिको प्रदर्शनका क्रममा आयाेजित सभालाई सम्बाेधन गर्दै नेता प्रकाण्डले एमसिसी पास गर्न सहयाेग गर्नेहरुकाे हिसाब गर्ने समेत चेतावनी दिए ।
विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनीतिक दलले संसद घेराउ कार्यक्रम गरेका थिए । संसद भवनलाइ तीन ठाउँबाट घेरिएको थियोे । नयाँ बानेश्वरको हाेटेल एभरेष्ट,पानी ट्यांकी र यातायात कार्यालय अगाडि भएका प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेकोे छ । प्रहरीले प्रदर्शनीकारीमा अन्धाधुन्ध लाठीचार्ज गरेको थियोे ।
यसक्रममा नेता प्रकाण्ड आफै घाइते भएका थिए उनकाे टाउकोमा चाेट लागेकाे थियोे । यस्तै उनले संसदमा एमसिसी टेवुल नगर्न सभामुख अग्नि सापकोटालाई चेतावनी दिएका छन् उनले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाइ प्रतिवाद गर्न आग्रह गरेका छन् । यस्तै एमसिसी यथासिघ्र फिर्ता लिन अमेरिकी सरकारलाई चेतावनी दिए ।
संसदभित्र राष्ट्रघाती एमसीसी पारित गर्ने षडयन्त्र गरिरहदा त्यसका बिरुद्ध क्रान्तिकारी, देशभक्तहरुले यतिबेला तीनतिरबाट संसद भवन घेर्दै प्रदर्शन गरेका थिए । तीनतिरैबाट भएका प्रदर्शनलाइ प्रहरीले रोक्ने प्रयास गरेको थियोे ।
प्रदर्शनमा तिनतिरका आर्कमा मुख्य नेताहरु बाडिएका थिए । संसदभवनकाे पानी ट्याङकि क्षेत्रमा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेलाकाे नेतृत्वमा, हाेटेल एभरेष्ट नजिक सचिवालय सदस्य प्रकाण्ड र यातायात बिभागकाे आर्कमा नेता सिपि गजुरेल लगायतले नेतृत्व गरेका थिए।
संसद चलेकाे समयअवधिभर तिनै आर्कमा निरन्तर जसाे झडप भइरह्याे त्यसक्रममा नेकपाका सचिवालय सदस्य प्रकाण्ड वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुती लगायत दुई दर्जन बढी प्रदर्शनीकारी घाइते भएका छन् । प्रदानकर्ताले प्रहरीकाे घेरा ताेड्दै पानी ट्याङकि अगाडिकाे संसद भवनकाे गेटमै गयर नारावाजी गरेपछि स्थिति झन तनावग्रस्त भयाे ।
प्रहरीको लाठीचार्चको प्रतिरोधमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछी दुबैपक्षबीच लखेटालखेट भएको थियो। प्रहरी दमनले प्रदर्शनलाई थप उत्तेजित बनाउन खोजेपनी प्रदर्शनकारी संयमित देखिन्थे । यसैबीच प्रहरीलाई छक्याउदै युवाहरुले संसद भवन गेटमै पुगेर कालो झण्डा प्रदर्शन गरेपछी प्रहरीले केहिबेर हेरेकाे हेरइ भएको थियोे ।
प्रदर्शनका क्रममा करिव ५ दर्जन बढी प्रदानकर्ता गिरफ्तार गरिएको छ । क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल, नेताहरु परि थापा, दिनेश शर्मा ओम पकाश पुन लगायतका प्रदर्शनकारीलाई प्रहरीले प्रहरी प्रभाग नयाँ बानेश्वर र तिनकुने प्रहरी चाैकि राखेकाे थियोे भने घाइतेहरुकाे मिनभवन स्थिति सिभिल अस्पतालमा उपचार भइरहेकाे छ । यसैबिच गिरफ्तार प्रायः सबै नेता कार्यकर्तालाई राती अबेर छाेडिएकाे छ ।