logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जोसुकै परुन् मन्त्रीहरु चेन्ज गर्नु पर्ने अवस्था आयो : प्रचण्ड

सरकार असफल हुने, पार्टीलाई असफल पार्ने लाइ नछोड्ने संकेत


  • राजनीति
  • बुधबार, भाद्र २० २०७५

????????????????????????????????????

 

सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिले देशको थिति अलि गम्भीर हुन थालेको बताएकाछन । उनले भने  ‘जनतामा निराशा बढ्ने संकेतहरु देखिएका छन् । मिडियामा जुन कुराहरु आइराखेका छन्, त्यसका बारेमा हामी विषयको गम्भीरतालाई विचार गरेर अब समीक्षा सुरु गर्नुपर्छ भनेर भनिएको छ ।’

पछिल्लो घटनाक्रमको बारेमा दुइ अध्यक्ष वीचमा गम्भीर ढंगले छलफल गर्ने प्रक्रिया सुरु भएको समेत बताएकाछन । उनले थपे “अहिले पछि चाहिँ घटनाहरु चाहे गोविन्द केसीको कुरा होस् या ठाउँ-ठाउँमा भइरहेका महिला हिंसाका घटनासँग सम्बन्धित कुरा होस्, या अन्य कुराहरु, यसमा दुई अध्यक्षका वीचमा गम्भीर ढंगले छलफल सुरु भएको छ ।”
राजधानीमा एक अन्लाइन सग कुरा गर्दै उनले भने “जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ ।”

आफुहरु योचाहिँ मन्त्रीलाई नचलाऊ, उचाहिँ मन्त्रीलाई चलाऊँ भन्नेजस्तो ठाउँमा नरहेको समेत बताएकाछन ।

दाहाल थप्छन , जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ । कसैलाई सिध्याउने भन्ने त होइन, तर पार्टी, आन्दोलन, जनता र राष्ट्रका लागि व्यक्ति त ठूलो कुरा होइन । यसमा सोच्नुपर्छ भन्ने लाइटमा नै छलफल अगाडि गैराखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार