logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सर्वदलीय बैठक सुरु हुनबित्तिकै बैठकबाटै किन बाहिरिए नेपाल ?


  • राजनीति
  • आइतबार, पुष ४ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् । 

बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार