logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे सर्वदलीय बैठक, हेर्नुस् के के भए निर्णय


  • राजनीति
  • आइतबार, पुष ४ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न बालुवाटारमा सर्वदलीय बैठक सकिएकाे छ । बैठकमा संसदमा भइरहेको अवरोध, अमेरिकी सहयोग परियोजना एमसीसीलाई कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल भएको बुझिएकाे छ । छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको थियाे

बैठकबारे प्रतिक्रिया दिदै सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवाले संसद अवराेध र एमसिसीबारे प्रस्ताव राखेकाे बताए ।

यद्यपी प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठकमा सहभागिता नजनाउने भएको छ । सत्ता गठबन्धन र त्यसबाहिर रहेका दलहरुले सर्वदलीय बैठकमा भाग लिनेछन् ।

खासगरी सत्ता गठबन्धनभित्र रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एमसीसीको पास गर्ने विपक्षमा रहेको छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले एमसीसीबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार