logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा लगायत ८ दलकाे पुस ६ गते काठमाडौंमा बृहत् बिराेध प्रदर्शन


  • राजनीति
  • आइतबार, पुष ४ २०७८

विवादास्पद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै पुस ६ गते काठमाडौंमा बृहत बिराेध प्रदर्शन हुने भएको छ । संसद पुस ६ गते दिउँसो १ बजेका लागि बाेलाइएकाे छ ।

नेत्र विक्रम चन्द विप्लव ले नेतृत्व गरेकाे नेकपा लगायत ८ राजनीतिक दलले पुस ६ गते काठमाडौं लगायत देशका मुख्य शहरमा प्रदर्शनकाे कार्यक्रम तय गरेका छन् ।

आज नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य, नेकपा मसालका माेहन बिक्रम सिंह, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुती, देशभक्त गणतन्त्रिक माेर्चाका संयाेजक सिपी गजुरेल र राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकालाइ तत्काल एमसिसी फिर्ता लिन चेतावनी दिएका छन् ।

काठमाडौं एमसिसी बिरुद्ध ८ दलकाे बैठकले संसदलाई खबरदारी गर्न उक्त कार्यक्रम आयाेजना गरेकाे छ ।

यश अघि मंसिर २८ गते भवन नयाँ बानेश्वर अगाडि प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप बिरुद्ध नेकपा लगायतका राजनीतिक पार्टीले विराेध गरेका थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार