राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ दल/मोर्चाले आज दिउँसो एक बजे संसद् भवन घेराउ कार्यक्रममा बाेल्दै नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी पारित गरिए नेपालका सांसद बाकि नरहने र संसद भबनमा आगाे बल्ने चेतावनी दिएका छन् ।
८ दलले राजधानीकाे नयाँ बानेश्वरमा आयाेजित बिराेध प्रदर्शनलाई सम्बाेधन गर्दै नेता बास्तोलाले एमसिसी नेपाली जनता र अरुले नबुझेको भन्ने दलालहरुले नेपालमा जबर्जस्ती युद्धको थुपार्ने खाेजेकाे भन्दै उनले बरु एमसिसी बारे दलालहरु ले नै नबुझेको वा त ठुलाे कमसिनकाे खेलमा साम्राज्यवादकाे गुलाम भएको पुष्टि भएको बताएका छन् । उनले कुनै पनि हालतमा एमसिसी पारित हुन नदिने समेत दावी गरे ।
कार्यक्रममा क्रान्तिकारी माओवादी नेता सिपि गजुरेल वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति लगातयका नेताहरुले अमेरिकी गुलामहरु बाहेक स्वाभिमानी नेपाली एमसिसीकाे बिरुद्धमा रहेकाे बताएका थिए ।
करिव १२ बजे माइतीघरबाट बृहत् जुलुस संसद भवन नयाँ बानेश्वर पुगेर कार्यक्रममा परिणत भएको थियाे । जुलुसकाे नेतृत्व नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले गरिरेका थिए । देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दल र मोर्चाले नयाँबानेश्वरस्थित संसद् भवन अगाडि कार्यक्रम गरेका हुन ।
आज अपराह्न १२ बजे आठ दलका नेता, कार्यकर्ता, देशभक्त शक्ति र क्रान्तिकारी जनसमुदाय माइतीघरमण्डलामा भेला भएका छन् र एमसीसी सम्झौताविरुद्ध नाराबाजी गर्दै हजारौँको जुलुस लिएर संसद् भवन घेराउ गर्न नयाँबानेश्वरतिर जुलुस अगाडि बढ्ने तयारी भएको बुझिएकाे छ । घेराउका क्रममा आन्दोलनमा उत्रिएका दलहरूका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको थियोे ।
आन्दोलनकारी दलले यसअघि मङ्सिर २८ गते पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गरेका थिए । घेराउ कार्यक्रममाथि दमन गर्दै सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलगायत कयौँ प्रदर्शनकारीलाई घाइते बनाउनुका साथै असीजनाको हाराहारीमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो । राजनीतिक दलहरूको सङ्घर्षका कारण २८ गते सरकारले उक्त सम्झौता पारित गर्न सकेको थिएन ।
आज दिउँसो १ बजे संसद बाेलाइएका ले नेकपा सहित ८ दलले संसद लक्षित प्रदर्शन गरेका हुन् ।