logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाले सैन्य शिबिर चलाएको भन्दै ६ जिल्लालाइ बिशेष निगरानी


  • राजनीति
  • बुधबार, भाद्र २० २०७५

सरकारले आन्तरिक सुरक्षामा विप्लव नै सबैभन्दा ठूलो चुनौती भएको निष्कर्ष निकाल्दै उक्त पार्टी माथी निगरानी बढाएको छ ।

सरकारले निकाले निष्कर्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मध्यपश्चिमका रुकुम, रोल्पा, जाजरकोट, सल्यान, प्युठान र पूर्वको इलामका गोप्य स्थानमा गतिविधि गरिरहेको र तालिमको तयारी भइरहेको बताएको छ ।

स्रोतका अनुसार “नेकपासँग हतियार पनि छन् । कतिपय स्थानमा उनीहरुले केही हतियारसहित तालिम गरेको सूचना प्राप्त भएको दावी समेत गरेकाछन ।  प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्ड गिरफ्तार हुदा भेटिएको  गोप्य दस्तावेजमा आधारमा उक्त कुरा बाहिर आएको देखिन्छ । नेकपाका ११ जना केन्द्रीय स्तरका नेता अहिले पनि हिरासतमा नै छन ।

बाह्र्खरी बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार