logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डको महासचिव को ?


  • राजनीति
  • बुधबार, पुष ७ २०७८

सत्तारूढ दल नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन सक्ने कोही देखिएनन् । उनी आफैले उत्तराधिकारी समेत नखुलाउने बताइसके । अझै आफ्नो योगदान आवश्यक भएको बताइसकेका छन्

राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै रहने भएपछि महासचिवमा को हुने चासो बढेको छ । प्रचण्डले महासचिवमा रोल्पा या रुकुमलाई बेवास्ता नगर्ने निश्चितप्रायः भएको छ । माओवादी जनयुद्धमा रोल्पा र रुकुमको मुख्य योगदान छ । त्यसमाथि पनि रोल्पा आधारभूमि नै हो । प्रचण्डले माओवादी जनयुद्धको आधारभूमिलाई महत्व दिने बुझिएको छ ।

रोल्पाका वर्षमान पुन महासचिवका दाबेदार छन् । रोल्पाकै कृष्णबहादुर महरा पनि दाबेदार हुन् । महराले चुनावी क्षेत्र दाङ बनाइसके छन् ।

रुकुम गृहक्षेत्र रहेका जर्नादन शर्मा पनि दाबेदार छन् । अर्थमन्त्री समेत रहेका शर्मा मुख्य दाबेदार नै मानिन्छन । उनको सम्भावना बलियो छ । तर, सरकारमा पनि रहेकाले प्रचण्डले सरकार बाहिर रहेकालाई राख्ने सम्भावना पनि उत्तिकै छ ।

वर्षमान पुनको स्वास्थ्य समस्याका कारण उनलाई अन्य पदमा व्यवस्थापन गर्ने तयारी भइरहेको बुझिएको छ । त्यस्तो अवस्थामा शर्माले महासचिव पाउन सक्छन् तर महरा माओवादी आन्दोलनका एक जबर्जस्त ब्यक्तित्व भएका नेता भएकाले अरुलाइ गाह्रो पनि देखिन्छ । प्रचण्डले पुन पत्नी ओनसरी घर्तीलाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना पनि छ ।

माओवादीको पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुषाल, मातृका यादव, जयपुरी घर्ती, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार