logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मध्यरात खनाल निवास एमसिसीबारे छलफल


  • राजनीति
  • बिहिबार, पुष ८ २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे आज साँझ सत्तारुढ नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कुराकानी भएको छ ।

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास स्वयम्भू,डल्लुमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी नेता नारायणकाजी श्रेष्ठ साँझ पुगेका थिए । प्राप्त सुचना अनुसार राति अवेर सम्म कार्यदलमा रहेका तीन नेताले छलफल गरेका थिए ।

करिब ५ बजेदेखि उहाँहरुबीच भएको छलफलमा एमसीसी सम्झौताका रेसा रेसा केलाइएको थियो ।

गठबन्धनका शीर्ष नेताहरुको पछिल्लो बैठकले उक्त सम्झौतालाई संसदबाट पारित गर्नुअघि गहन ढंगले अध्ययन गर्ने,संशोधनका बुँदा पहिल्याउनेलगायतका कार्य गर्न खनालको नेतृत्वमा कार्की र श्रेष्ठ रहनुभएको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

यसअघि नेकपामा पनि उक्त सम्झौताको अध्ययन गर्न खनालकै नेतृत्वमा गठित कमिटीले प्रतिवेदन बुझाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार