logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा बिरुद्धकाे मिडिया हमला : पित पत्रकारीताकाे निकृष्ट नमुना


  • राजनीति
  • बिहिबार, पुष ८ २०७८

विभिन्न बाहानामा नेपालका ठुला भनिएका सञ्चार माध्यमद्धारा पटकपटक नेपालकाे क्रान्तिकारी शक्ति माथी हमला हुँदै आएकाे छ । नेपालकाे कम्युनिस्ट आन्दोलनलाई बिखण्डित तथा बिभाजित बनाउने उद्धेश्यले पश्चिमाहरुले अरु क्षेत्र जस्तै सञ्चार जगतमा पनि ठुलाे लगनी लगाएका छन् ।

नेपालका बिक मिडिया हाउस जस्ले आफ्नाे प्रतिनिधि समेत आफै चिन्ने अधिकार पाउदैनन र मालिक कै निर्णयमा सबै छिनोफानो हुन्छ उनैले क्रान्तिकारी आन्दोलन बिरुद्ध ठुलो ठुला साइड बनायर लेख्दै आएका छन् ।

पछिल्लो समय नेपालकाे राज्य परिवर्तनको गर्विलाे एजेन्डा सहित संसदीय व्यवस्थाकाे प्रतिधुर्वमा रहेकाे विप्लव नेतृत्वको नेकपामाथी तिनै सञ्चार माध्यामले निरन्तर हमला गरिरहेका छन् ।

कहिले पार्टी भित्र फुट, कहिले खानाकाे कुरा यावत बिषयमा अनावश्यक कपाेकल्तित तथा भ्रामक समचार प्रशारण गरिरहेका छन् । तत्कालीन केपी ओली सरकारले बिना कारण नेकपामाथी प्रतिबन्धि लगाउदा नेकपाका कार्यकर्ता माथि दमन गर्दा, नेता कार्यकर्ताकाे हत्या हुदा भिडन्त काे उपनाम दियर लेख्ने यिनै सञ्चार माध्यम नेकपाले तीन बुदे सहमति पश्चात् गरेकाे यात्रामा अनेकौं भ्रम श्रृजना गर्न अनेक अस्त्र अपनाइरहेका छन् ।

यसैकाे एक उदहारण हाे हिजाे मात्रै बाह्र खरी ले नेकपाभित्र बिवाद छ भन्दै ‘विप्लव समुहमा संकट :प्रकाण्ड ओली बास्ताेला वैद्य र विप्लव प्रचण्डसग जान खाेज्दै’ शिर्षकमा एक मनाेगढन्ते समाचार लेखेकाे थियाे । हुनत याे विप्लव नेकपा बिरुद्धकाे कुनै नाैलाे समाचार भने हाेइन । यश अघि पनि ठुला भनिएका मिडियाहरुले विप्लव नेकपा बिरुद्ध निरन्तर लेखिरहेका थिए । याे केवल त्यसैकाे निरन्तरता मात्रै हाे ।

उक्त समाचारबारे पार्टीको आधिकारिक सञ्चार गृह राताेखबरकाे टिप्पणी यस्तो छ

सत्ता सञ्चालन गरिरहेका संसद्वादी पार्टी वा समूहहरूमा सङ्कट चुलिएपछि तिनले विभिन्न बहाना बनाउँदै दुनियाँको ध्यान मोड्न कमसल सहारा खोज्छन् र कतिपय पीतपत्रकारितामा खप्पिस पात्रहरू त्यसको गोटी बनिदिन्छन् ।

पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र नाउँको संसद्वादी समूहको कथित राष्ट्रिय सम्मेलन मुखैमा आएको समयमा त्यस समूहभित्रका गुट, उपगुट र महागुटको व्यवस्थापन मुस्किल भएपछि र गुटहरूबीच विवाद चर्को भएपछि एकीकृत जनक्रान्तिका माध्यमबाट दलाल पुँजीवादी संसद्वादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनामा लागिरहेको नेपाल कम्युनिस्ट पार्टीतिर विषय मोड्न उद्यत देखिएका छन् । त्यसको एउटा भद्दा उदाहरणका रूपमा ‘१२ खरी’ नाउँको अनलाइनमा गरिएको ‘सङ्कटमा विप्लव समूह : प्रकाण्ड ओली, बास्तोला वैद्य र विप्लव प्रचण्डसँग जान खोज्दै’ शीर्षकमा गरिएको कपोलकल्पित दुष्प्रचारलाई लिन सकिन्छ ।

दलाल संसद्वादमा सत्ताको लुछाचुँडी गर्न संसद्वादी पार्टी र समूहबीच मारामार हुन्छ । पार्टीमा गुट र उपगुटहरू निर्माण हुन्छन् । विवाद र तमासा हुन्छ । स्वार्थहरू मिल्दा एकताका नाउँमा मोर्चाहरू बन्छन् र स्वार्थ टकराउनासाथ विभाजन हुन्छन् । यस्तो खेतीमा बानी परेका संसद्वादीहरूलाई क्रान्तिकारी पार्टी एक ढिक्का भएर दलाल पुँजीवादमाथि बज्रिएको सह्य हुने कुरा पनि भएन । उक्त कलोलकल्पित, भ्रामक र पीत समाचार त्यसैको एउटा निकृष्ट उदाहरण हो ।

यसै सन्दर्भमा नेकपा केन्द्रीय कार्यालयले कथित १२खरीको उक्त समाचार भ्रामक, कपोलकल्पित र षड्यन्त्रमूलक रहेको भन्दै तीव्र निन्दा र भत्र्सना गरेको छ । पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गरिरहेको, दलाल पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनामा लागिरहेको अवस्थामा जनतालाई दिग्भ्रमित पार्ने र सत्ताधारी संसद्वादी पार्टीभित्रको विवाद र विघटन टार्ने षड्यन्त्रस्वरूप योजनाबद्ध रूपमा यसप्रकारको मिथ्या समाचार प्रवाह गर्न लगाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त कपोलकल्पित समाचारको खण्डन गर्दै केन्द्रीय कार्यालयले कसैको गोटी बनेर एक जिम्मेवार राजनीतिक पार्टीविरुद्ध षड्यन्त्र नगर्न पनि उक्त सञ्चारमाध्यमलाई सावधान गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार