logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादीबाट जितेका अध्यक्ष एमालेमा प्रवेश


  • राजनीति
  • बिहिबार, पुष ८ २०७८

नेकपा माओवादी केन्द्रबाट गाउँ पालिका जितेका जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ एमालेमा प्रवेश गरेका छन् । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मियाँलाई एमालेमा प्रवेश गराएका हुन् ।

अपरान्ह हेलिकप्टरबाट जगरनाथपुर आएका अध्यक्ष ओलीले बृहत पार्टी प्रवेश कार्यक्रममा गाउँपालिका अध्यक्ष मियाँसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए । मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

२०३५ मा पञ्चायतकालमा भएको गाउँ पञ्चायतको चुनावमा जालिम मियाँ प्रधानपन्चमा विजयी भएका थिए । बहुदलमा जालिम कांग्रेस प्रवेश गरेका थिए । एरिया सदस्य हुँदै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि समेत भएका थिए । कांग्रेसबाट उनी जिल्ला विकास समिति सदस्यमा विजयी भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मियाँलाई माओवादी प्रवेश गरेका थिए ।

बिहीबारको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको थियो । अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्रै देशको विकास हुनसक्ने दाबी गरेका थिए । जनताको समस्या हेर्न, विकासलाई अगाडि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीले गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार