logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

१५ जना पदाधिकारी बनाउने तयारीमा प्रचण्ड, काे छन् टप लिस्टमा ?


  • राजनीति
  • शुक्रबार, पुष ९ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

हालको विधानमा ५ जना मात्र पदाधिकारी रहने व्यवस्था छ । तर वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनाइएको छ ।

समितिमा पदाधिकारी सख्या ११ कि १३ भन्ने बहस भइरहेका बेला प्रचण्डले उपमहासचिव पद पनि सृजना गर्ने र १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरे । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए । उनले शनिबार फेरि बैठक बसेर थप छलफल गर्ने र अरु बाँकी बिषय टुंगो लगाउने बताए ।
माओवादी ले सम्मेलनकाे केही समय बाकि रहदापनि पदाधिकारी फाइनल गरेको छैन् । अध्यक्ष प्रचण्ड बाहेक महासचिवमा जनार्दन शर्मा र पम्फा भुसालले उम्मेदवारी नै घाेषणा गरेका छन् भने कृष्ण बहादुर महरा बर्षमान पुन पनि महासचिवका दावेदार छन् । यस्तै देव गुरुङ नारायणकाजी श्रेष्ठ हितमान शाक्य ओन्साेरी घर्ती देवेन्द्र पाैडेल लगायतका नेताहरुले पदाधिकारी दावी गर्दै आएका छन् ।

बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने १० प्रतिशत प्रतिनिधि छनोट गर्ने जिम्मा प्रचण्डलाई दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार