राजनीति
पोखरा- पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु भएको छ । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सुरु भएको हो ।
सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा छलफल गर्ने छन् ।
भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् ।