logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

२९९ केन्द्रीय सदस्य बन्दा काे काे छन् प्रचण्डकाे लिष्टमा ?


  • राजनीति
  • सोमबार, पुष १२ २०७८

आठौं महाधिवेशनकाे बन्द शत्रमा व्यस्त नेकपा माओवादी केन्द्रले पार्टीमा १५ सदस्य रहेको पदाधिकारी संरचना निर्माण गर्ने भएको छ ।

नेता देव गुरुङले महाधिवेशनको बन्दसत्रमा पेश गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ रहने व्यवस्था गरिएको हो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने उनले जानकारी दिएका छन् ।

हालको विधानमा ५ जना मात्र पदाधिकारी रहने व्यवस्था छ । तर वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनाइएको छ ।

समितिमा पदाधिकारी सख्या ११ कि १३ भन्ने बहस भइरहेका बेला प्रचण्डले उपमहासचिव पद पनि सृजना गर्ने र १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव स्थायी कमिटीकाे बैठकमा गरेका थिए शाेही अनुसार नेता गुरुङले अन्तरिम विधान प्रस्ताव गरेका छन् । ।

माओवादी ले सम्मेलनकाे केही समय बाकि रहदापनि पदाधिकारी फाइनल गरेको छैन् । अध्यक्ष प्रचण्ड बाहेक महासचिवमा जनार्दन शर्मा र पम्फा भुसालले उम्मेदवारी नै घाेषणा गरेका छन् भने कृष्ण बहादुर महरा बर्षमान पुन पनि महासचिवका दावेदार छन् । यस्तै देव गुरुङ नारायणकाजी श्रेष्ठ हितमान शाक्य ओन्साेरी घर्ती देवेन्द्र पाैडेल लगायतका नेताहरुले पदाधिकारी दावी गर्दै आएका छन् ।

यस्तै २९९ जनाको केन्द्रीय समिति राख्ने प्रस्ताव पनि गरिएको छ । जसमा १० प्रतिशत मनोयन गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिमा कम्तिमा ३५ प्रतशित महिला, १५ प्रतिशत दलित समुदायको प्रतिनिधित्व हुने माओवादी केन्द्रले जनाएको छ ।

बन्द शत्रबारे माओवादी केन्द्रले जारी गरेकाे प्रेस नाेट यस्तो छ ।

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार (आज)बाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा भएका र हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।

१. बन्द सत्रको सुरुमा क. कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन गरियो । अध्यक्ष मण्डलमा क. गिरीराजमणी पोखरेल, क. गणेश साह, क. परशुराम तामाङ, क. पूर्णाकुमारी सुबेदी, क. परशुराम रम्तेल र क. रुपा महर्जन सदस्य रहनुभएको छ ।

२. बन्द सत्रमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गर्नुभयो ।

३. बन्द सत्रमा पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत् भयो । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

४. बन्द सत्रमा अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत् विधान मस्यादा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको छ ।
समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी देहायबमोजिम रहेको छ ।
समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्यहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

–केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने ।
६. मंगलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ ।

१२ पुस २०७८
प्रचार प्रसार उपसमिति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
आठौं राष्ट्रिय महाधिवेशन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार