२०५२ सालमानेकपा माओवादी ले जनयुद्ध थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
मोहन वैद्य किरणले नेकपा क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन् । फरक मत राख्दै उनले छुट्टै पार्टी गठन गरेर अध्यक्ष भएका हुन् । वैद्य नेतृत्वको पार्टीमा ती १९ मध्येका हरिभक्त कँडेल प्रवक्ता छन् । सीपी गजुरेल र दिनेश शर्मा सागर पनि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमै छन् ।
डा। बाबुराम भट्टराईले संविधान घोषणा पश्चात् नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षका रूपमा सक्रिय छन् ।
पोष्टबहादुर बोगटीको हृदयाघात कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषि पेसामा सक्रिय छन् । नारायणप्रसाद शर्मा माओवादीबाट विद्रोह गरिसकेका छन् । एमसीसी विरोधी अभियानमा सक्रिय शर्मा अहिले छुट्टै राजनीतिक दल गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।
बादल र रायमाझी एमालेमा छन् । एमालेको हालै सम्पन्न १०औं महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भइसकेका छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपत्ता पारिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।