logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ओलीलाई अमेरिकी एजेन्ट भन्दै भण्डारी सहित ८ सयजनाले छाेडे एमाले


  • राजनीति
  • शुक्रबार, पुष १६ २०७८

केही समय अघि एमाले अध्यक्ष केपी ओलीमाथी अमेरिकी दलाल तथा एजेन्ट भन्दै एमालेबाट अलग हुने घाेषणा गरेका बामपंथी नेता साध्यबहादुर भण्डारी समाजवादी पार्टी मा प्रवेश गरेका छन् ।

राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहितका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । परिषदबाट ८४७ जना एकीकृत समाजवादीमा समाहित भएको शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

 
एकीकृत समाजवादीमा भण्डारलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई  केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।

राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताकाे शुचि समाजवादी पार्टी लाई बुझाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार