राजनीति
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य सहमतिबाट चयनको प्रयास जारी राखेको छ । २९९ केन्द्रीय समिति सहमतिबाट चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गरेका छन् । आज ५ बजेसम्म सहमति का लागि गरेकाे प्रयास कमकाजी नभएपछि माओवादी केन्द्र काे निर्वाचन आयाेगले चुनावकाे कार्यतालिका सार्वजनिक गरेकाे थियोे तर प्रचण्डले यसका लागि आइतबार १ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गर्न लगाएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । यसअघि आइतबार साँढे ११ बजे मतदान हुने तय भएको थियो ।
माओवादीभित्र केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । यसकारण केन्द्रीय समितिको निर्वाचनमा सबैको ध्यान गएको छ । तर, प्रचण्डले सहमतिमा पदाधिकारी चयनका लागि केन्द्रीय सदस्यमा पनि सहमति बनाउन खोजेका छन् । आकाक्षीहरु धेरै हुदा अहिलेसम्मकाे प्रयास असफल भएको छ । स्राेतका अनुसार अध्यक्ष बाहेकका पदमा सर्वसम्मत गर्न निकै कठिन भएको छ ।
प्रायःजसो नेताहरु बरु चुनावी मैदानमा जाने तर आफुले दावी गरेकाे पद नछाड्ने मुडमा देखिएकाले सहमति हुन नसकेकाे हाे । यसअघि निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १७ सय ४२ मतदाताको नामावली माओवादीको निर्वाचन आयोगले प्रकाशित गरेको थियो । तर प्रचण्ड आन्तरिक हिसावले कुनै हालतमा निर्वाचन मा नजाने पक्षमा छन् । मुख्य त पदाधिकारी चयन नै प्रचण्डका लागि चुनाैतीपुर्ण भएकाले आफू निकटका नेतालाई सरकार तथा अन्य जिम्मेवारी मा उचित स्थान दिने आश्वासन सहित अन्तिमसम्म सहमतिका लागि प्रचण्डले समय लिएकाे बुझिएकाे छ ।