logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

घाेषणा मात्रै हुन बाँकी १५ पदाधिकारी, कस्ले कुन पद पाउलान् ?


  • राजनीति
  • आइतबार, पुष १८ २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् । नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो ।

पदाधिकारीका दाबेदार कोको ?

केही समय अघि पत्रकार सग कुरा गर्दै प्रचण्डले पदाधिकारी मा सहमति भइसकेकाे बताएका थिए । माओवादीको अध्यक्षमा प्रचण्ड नै सर्वसम्मत हुने निश्चित छ । बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना बढी छ भने बाँकी ६ उपाध्यक्षमा पहिलो पुस्ताबाट कृष्णबहादुर महरा, हरिबोल गजुरेल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, शशी श्रेष्ठ लगायतको सम्भावना बढी देखिन्छ । मधेसको प्रतिनिधित्वका लागि दोस्रो पुस्ताका मातृका यादवलाई पनि उपाध्यक्ष बनाइन सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । त्यस्तै, महासचिवको दाबी गरिरहेकी दोस्रो पुसताकी पम्फा भुसाललाई पनि उपसभापतिमा व्यवस्थापन गर्ने सम्भावना रहेको बताइन्छ । यसबाहेक काँग्रेसमा जस्तै युवापुस्ताबाट उपाध्यक्ष बन्ने कल्पना अहिलेसम्म माओवादीको महाधिवेशन हलले गरेको छैन ।

माओवादीको महामन्त्रीका लागि अहिलेसम्म दोस्रो पुस्ताका नेताहरु वर्षमान पुन र जनार्दन शर्माको दाबी चर्चामा आएको छ । यसबाहेक पम्फा भुसालले पनि महासचिवमा हल्का दाबी गरेकी छिन् । यसबाहेक तेस्रो पुस्ताका कुनै नेताले पनि काँग्रेसमा जसरी महासचिवमा दाबी गर्ने आँट गरेका छैनन् । बरु पुरानै पुस्ताका कृष्ण बहादुर महरालाई पो महासचिव बनाइने हो कि भन्ने चर्चा पनि माओवादीभित्र चल्दै आएको छ ।

माओवादीमा दोस्रो पुस्ताका नेताहरुको ठूलो पंक्ति छ, जसले गर्दा तेस्रो पुस्ताले आगामी पाँच वर्षसम्म पदाधिकारीमा पाइला टेक्न गाह्रो देखिन्छ । दुई उपमहासचिव र तीन सचिव पदमा

पदमा दोस्रो पुस्ताकै नेताहरु दाबेदार मानिन्छन्, जसको पंक्ति निकै लामो छ । १५ सदस्यीय पदाधिकारीमा अटाउनुपर्ने दोस्रो पुस्ताका करिब                                                                                                                  २६ जना माओवादी नेताहरुको सूची हेरौं

वर्षमान पुन, गिरीराजमणि पोखरेल, देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत, राम कार्की, मात्रिका यादव, पम्फा भुसाल, उर्मिला अर्याल, विश्वनाथ साह, गणेश साह, हितमान शाक्य, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, नारायणप्रसाद दाहाल, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, देवेन्द्र पराजुली, कृष्णध्वज खड्का, रेखा शर्मा, खिमलाल देवकोटा, डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, पूर्णाकुमारी सुवेदी, लक्ष्मण पन्त, वामदेव क्षेत्री, टंक राई, हितबहादुर तामाङ, कल्पना धमला ।

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’ माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार