logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसीबारे बिहानै प्रचण्ड र मन्त्री कार्कीबिच छलफल


  • राजनीति
  • सोमबार, पुष १९ २०७८

एमसिसी पास गर्नेबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही बेरअघि सिंहदरबारमा भेट गरेका छन् । दाहालसँग भेट्न कार्की सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल पुगेका थिए ।

उनिहरुबीच बिहान भर्खर संक्षिप्त भेटवार्ता भएको हो । संसदमा विचाराधीन अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गराउने सरकारको रणनीतिअनुसार कार्कीले दाहालसँग भेटेका हुन् ।

यसअघि मन्त्री कार्कीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यहि विषयमा दुई पटक बालकोट पुगेर भेटघाट गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार