logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवकाे निशानामा भ्रष्ट जनप्रतिनिधि र कर्मचारी, वन अधिकृतलाई कालाेमसाे


  • राजनीति
  • मंगलबार, माघ १८ २०७८

विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय भ्रष्ट जनप्रतिनिधि तथा कर्मचारीलाई आफ्नाे कार्वाही काे निसानामा राखेकाे छ । केही दिन अघि जाजरकोट बझाङ मा जनप्रतिनिधिलाई कालाेमसाे र जुत्ताको माला लगायर कार्वाही गरेकाे नेकपाले हिजाे भने कैलालीमा घुस लिएको ,भ्रष्टाचार गरेको र मनोगत तरिकाले बन् फडानी लगायतका अमर्यादित काम गरेको भन्दै सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर जनकारवाही गरेका छन् ।

नेकपा कैलालीले कारबाहीकाे यस्तो कारण देखाएको छ :
– उपभोक्ता समिति संग घुस लिने गरेको
– बन समिति संग मिलोमतो गरि अस्वभाविक बन फडानी गर्ने गरेको
– सरकारि कर्मचारी भएर खुलेआम पार्टीको प्रचार प्रसार गर्दै पदिय मर्यादा बिपरित कार्य गरेको
– बिगतमा काम गरेका ठाउँ हरुबाट भ्रष्टाचार गरेको अत्यधिक जनगुनासो आएको ।

साथै नेकपा विप्लवले अहिले देशैभरिका सबै ठाउँमा भ्रष्टहरुलाई जनकारवाही गरी खबरदारी र सचेत गराइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार