logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डिएसपीकै अगाडी प्रकाण्डकी बहिनीले भनिन् “बरु ज्यान गए जान्छ तर रातो झन्डा बोक्न छोडिदैन ।”

भाइ बहिनीको बलिदानीको सम्मानका लागि पनि संघर्षमा होमिन्छौ


  • न्युज डेस्क
  • सोमबार, भाद्र २५ २०७५

सरकारले चुनौतीका रुपमा लिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को घरमा प्रहरीको टोली पुगेको छ । नेकपाको विभिन्न केन्द्रहरु मध्य निकै चर्चामा रहेको कालिकोटको नरहरिनाथ गाँउपालिका–६ माल्कोटस्थित प्रकाण्डको घरमा प्रहरी टोली पुगेको छ । जसको नेतृत्व डिएसपी विनोद शर्माले गरेका थिए ।

कालिकोटको माल्कोटस्थित प्रकान्डको घरमा बहिनी जैपुरा बिक र बुवा पहलबहादुर बिक बस्दै आएका छन् । डिएसपी शर्मासहितको प्रहरी टोलीले प्रकाण्डका बुवा र बहिनीसँग भेटेर कुरा समेत गरेका छन ।

१० वर्षे जनयुद्धमा आफन्त गुमाएका सहिद परिवारहरुले केही नपाएको गुनासो पनि उनले गरिन् । ‘एक दुईजना सांसद बने, मन्त्री बने । हाम्रो न जीवन फेरियो, न अवस्था नै’, ‘भाइ बहिनीको बलिदानीको सम्मानका लागि रातो झण्डा बोकेर हिँड्न बाध्य छौँ । बरु ज्यान गए जान्छ । दुई भाइ र एक बहिनी गुमिगए, बुवा आमाले कहिल्यै सुख पाएनन् । त्यसैले अब झन केहिगरे पनि संघर्ष बाट पछि नहट्ने बताइन ।

साभार अन्नपूर्ण पोस्ट

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार