logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

९५ सांसद एमसिसी पास गर्न तयार, हेर्नुस् सुचीसहित


  • राजनीति
  • शुक्रबार, माघ २१ २०७८

बिवादस्पद अमेरिकि परियाेजना एमसिसी पास गर्ने सत्तारूढ दल नेपाली कांग्रेसले ब्यापक छलफल अगाडि बढाएकाे छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमाललेले सभामुख अग्नी सापकोटा बिरुद्ध महाभियोग लगाउन तयार भए एमसिसीमा सहयाेग गर्ने वचन दिएकाे छ ।

यस्तै तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सहयाेग गर्ने भएका छन् । जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसिसी पास गराउन लबिङ गरिरहेका छन्। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ।

सरकारमा जसपाका चार मन्त्री छन्। जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन्। उनीहरू सबै एमसिसीको पक्षमा रहेका छन् ।

यसरी हेर्दा नेपाली कांग्रेसका ६३ जसपाका १९ र लाेसपाका १३ गरि झन्डै ९५ सांसद एमसिसी संसदबाट अनुमाेदन गर्ने पक्षमा खुलेका छन् ।

अहिले एमसीसीको विषय आउँदा एमालेले सभामुख सापकोटा हटाउने उपयुक्त अवसर देखेको छ । एमालेले सापकोटालाई हटाउन तयार भएमा एमसीसीको पक्षमा मतदान गर्ने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुर्याइसकेको छ ।

सभामुख सापकोटा पनि एमसीसीप्रति सकारात्मक छैनन् । उनले विगतमै एमसीसीबारे गठबन्धन दलबीच सहमति वा राष्ट्रिय सहमतिमा जोड दिदै बोलिसकेका छन् । सहमति नबने सभामुख सापकोटाले एमसीसी टेबुल नगर्ने सम्भावना पनि छ । यसले सभामुखमाथि नै प्रहार हुन सक्छ ।

संविधान अनुसार कुनै सांसदले एक चौथाई सांसदको समर्थनमा सभामुखलाई हटाउने प्रस्ताव ल्याउनसक्ने व्यवस्था छ । सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै यस्तो प्रस्ताव आउन सक्छ । प्रतिनिधि सभा नियमावलीमा त्यस्तो ‘प्रस्ताव प्राप्त भएपछि सचिवले सो प्रस्ताव सभामुखको विरुद्ध भए उपसभामुखसमक्ष, उपसभामुखको विरुद्ध भए सभामुखसमक्ष र सभामुख तथा उपसभामुख दुवैउपर एकसाथ प्राप्त भए अध्यक्षता गर्न मनोनित व्यक्ति मध्येको ज्येष्ठ सदस्यसमक्ष पेश गर्नेछ । त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुनेगरी दिन र समय तोकिनेछ ।’

सभामुख सापकोटाविरुद्ध प्रस्ताव पेश भएमा जेष्ठ सदस्य महेन्द्र राय यादवसमक्ष हुनेछ । उनी जसपाबाट मन्त्री समेत छन् ।

संसदमा २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । एक तिहाई सदस्य नेकपा एमालेको मात्र छ । एमालेबाहेकका दलले सभामुख हटाउन प्रस्ताव पेश गर्दा अन्य दलसँग मिल्नुपर्ने हुन्छ ।

प्रस्ताव पेश भएपछि पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ । दुई तिहाई पुग्न सजिलो छैन । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।

नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।

एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ ।

एमसीसीकै मुद्दाले सभामुख सापकोटा हटाउने प्रस्ताव आउन सक्छ । तर, सभामुख हटाउन सकिने अवस्था बनेमा मात्र त्यो कदम चाल्ने तयारी हुन्छ ।

एमसीसीमा एमालेभित्र पनि विवाद छ । भीम रावल विपक्षमा उभिएका छन् । उनले एमसीसी पारित गराउन सभामुखविरुद्ध आउनसक्ने हटाउने प्रस्तावको पक्षमा जाने सम्भावना लगभग छैन । उनीनिकट केही सांसदहरुले पनि साथ नदिन सक्छन् । जसपाभित्र पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर विभाजित हुनसक्छन् । लोसपाभित्र भने सभामुख हटाउने प्रस्तावमा एकमत हुनसक्छ ।

एमालेभित्र एमसीसीविरोधी सांसद संख्या निकै कम भएमा, जसपा र लोसपाबाट पनि साथ मिलेमा भने सभामुख हटाउने प्रस्ताव आउने मात्र नभई पारित हुने सम्भावना पनि छ ।

एमालेले भने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन भित्री तयारीहरु भइरहेका छन् । उनलाई हटाउन नेकपा एमालेले केही महिनायता गृहकार्य गर्दै आएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पत्र लेखेर पदमुक्तको सूचना टाँस नगरेकोमा एमालेले संसद अवरोध गर्दै आएको छ । उसले एमाले विभाजनमा सभामुखले भूमिका खेलेको आरोप लगाउने गरेको छ । एमालेका प्रभावशाली नेताहरुले सापकोटाको बर्हिगमनको माग गर्दै आएका छन् ।

संसदमा बहाल सांसद संख्या
नेकपा एमाले- ९७
नेपाली काँग्रेस- ६३ (२ निलम्बित)
नेकपा माओवादी केन्द्र ४८ (१ सभामुख)
नेकपा एस- २३
जसपा १९- (१ निलम्बित)
लोसपा- १३
राजमो- १
नेमकिपा- १
राप्रपा- १
स्वतन्त्र- १

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार