logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फागुन १ गतेबाट विद्यालय खाेल्ने निर्णय


  • राजनीति
  • आइतबार, माघ २३ २०७८

फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।

सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् ।

यसअघि नै सरकारले विद्यालयहरुलाई १ फागुनबाट भौतिक रुपमा सञ्चालन गर्न तयारीको आग्रह गरेका थिए ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले १ माघबाट विद्यालयको भौतिक पठनपाठन बन्द गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार