logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

एमसिसी स्विकार्ने र पाैरवी गर्ने नेपाली अनुहारका अमेरीकि एजेन्ट हुन् : न्याैपाने


  • राजनीति
  • सोमबार, माघ २४ २०७८

नेकपा माओवादी केन्द्र का युवा नेता तथा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्याैपानेले एमसिसीकाे पक्षमा उभिने पास गर्नुपर्छ भन्ने सवै नेपाली अनुहारका अमेरिकी एजेन्ट भएको दावी गरेका छन् ।

एमसिसी पास गर्न सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले गएकाे असाेज १३ गते एमसिसीलाई लेखेकाे पत्र सार्वजनिक भएपछि माओवादी नेता न्याैपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

एमसिसी कुनैपनि हालतमा यथास्थितिमन पास गर्न नहुने भन्दै नेता न्याैपानेले नेकपा माओवादी केन्द्र काे महाधिवेशनले एमसिसी अस्विकार गरिसकेका ले एमसिसीकाे पक्षमा बाेल्ने कुरा निजी हुने बताएका छन् । उनले विदेशी प्रभुसामु लम्पसार परेर कथित राष्ट्रघाती सम्झाैतालाई कुनैपनि कारण एमसिसी पास गर्न नसकिने बताए ।

केही समय अघि एक टेलिभिजनमा अन्तरवार्ता दिदै नेता न्याैपानेले यदि माओवादी भित्र काेहि कसैले एमसिसी पास गर्छाै वा एमसिसीकाे पक्षमा लाग्छ भने अमेरिकीहरुकाे जुठाे खाने पाल्तु कुकुर भन्दै उसका बिरुद्ध मुर्दावाद मात्रै आफै जुत्ता निकालेर हान्ने चेतावनी दिएका थिए ।

कथित बामपंथी तथा कम्युनिस्टकाे आडमा बिगतबाट राष्ट्रघाती सम्झाैता भइरहेको भन्दै महाकाली जस्ताे राष्ट्र घाती सम्झाैताकाे हस्ताक्षर कर्तालाई कम्युनिस्ट भन्न नसकिने समेत दाबी गरे।
यस्तै नेता न्याैपानेले एमसिसी सहि छ र पारित गर्नुपर्छ प्रचण्डले भनेपनि गलत हुने र त्याे क्षम्य हुन नसक्ने भन्दै प्रचण्ड कुनै  बर्मास्त्रु नभएकाे बताए थिए ।

न्याैपानेले राष्ट्रिय सम्मेलनकाे तयारी भएको अवस्थामा महाधिवेशन गर्ने निर्णय सहि नभएको समेत दावी गरे महाधिवेशन र राष्ट्रिय सम्मेलनमा धेरै अन्तर रहेकाे भन्दै उनले ८ घन्टाकाे तयारीले महाधिवेशनकाे उचाइ लिन नसक्ने समेत बताए ।

उनलेे अबकाे महाधिवेशनमा बिचारकाे बहस हुनुपर्ने बताए, माओवादी भित्र देखिएका बिकृतीकाे बारेमा बहस हुने बताए ।

हेर्नुस् स्टाटस

MCC बारे ३ कुरा
#नेपालकाे भुराजनीतिक अवस्था जस्तो छ, याे अवस्थामा MCC स्वीकार्न हुँदैहुँदैन ।
#माओवादीले यथास्थितिमा MCC स्वीकार्दैन र संसदबाट अनुमाेदन पनि गर्दैन । याे परियाेजनालाई हुवहु स्वीकार्नुपर्छ भन्ने पात्र जाेसुकै हाेस्, त्याे नेकपा (माओवादी केन्द्र) काे सदस्य हुँदैन किनभने भर्खरै सम्पन्न हाम्रो पार्टीको महाधिवेशनले MCC स्वीकार नगर्ने नीति पारित गरेकाे छ ।
#पार्टीगत र व्यक्तिगत रुपमा ज-जसले MCC लाई स्वीकार गर्ने कुराे गर्छन् वा पक्षमा पैरवी गर्दै हिंडेका छन्, तिनीहरु सबै नेपाली अनुहारका विदेशी प्रतिनिधि हुन् भनेर बुझ्नुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार