logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी टेबल गरे तुरुन्तै सरकार छाेड्ने माओवादी निर्णय


  • पत्रपत्रिका
  • सोमबार, माघ २४ २०७८

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछिएमसीसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छलफल नभएको भन्दै नैतिक प्रश्न उठाउन थालेपछि सरकारमा बसिरहने कि फिर्ता हुने भन्ने कोणबाट माओवादी केन्द्रभित्र छलफल सुरु भएको छ ।

प्रधानमन्त्री देउवा पक्षबाट सो पत्र सार्वजनिक भएको र गोपनीयता कायम नभएको भन्दै सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने संकेत गरिसकेको छ । देउवाले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गठबन्धन दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि संवाद गरेका थिए । 

त्यस क्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले आफूहरूको बटमलाइन प्रस्ट रहेको र पत्र सार्वजनिक गरेर माओवादीलाई दोषी देखाउन खोजिएको आरोप लगाएका थिए । उनले एमसीसी संसद्मा पेस गर्ने हो भने माओवादी सरकारबाट बाहिर आउनेसमेत जानकारी गराए । आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार