logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

देउवा ओलीबिच खतरनाक गाेप्य सहमति भएको खुलासा


  • राजनीति
  • सोमबार, माघ २४ २०७८

एमसिसी पारित गर्ने उद्धेश्यले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गाेप्य सहमति भएको बुझिएकाे छ । यो सहमतिसँगै ओलीको चाहना अनुसार देउवा वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न तयार भएका छन् । उनले मन्त्रिपरिषदबाट निर्णय गराएर चुनावको मिति सिफारिश समेत गरेका छन् ।

३० वैशाखमा चुनावको मिति तय गरी सिफारिश भएको छ । यो ओलीको माग थियो । स्थानीय चुनावको मिति घोषणासँगै देउवा र ओलीबीच गाेप्य सहमति भएको खुलेको हो ।

स्रोतका अनुसार सहमति अनुसार देउवालाई ओलीले एमसीसी पारित गर्न साथ दिनेछन् । भने देउवाले माओवादी र समाजवादी पार्टी ले एमसिसीमा साथ नदिए सत्ता गठबन्धन पनि ताेडेर अगाडि बढ्ने वचन दिएका छन्

एमसीसी पारित गर्न अवरोध गरेमा सभामुख अग्निप्रसाद सापकोटालाई समेत हटाउने प्रस्ताव ल्याउने गरी तयारी भइसकेको बुझिएको छ । लामो तयारी पछि यो सहमति भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार