राजनीति
पोखरा–१९ लभ्ली डाँडामा महिला पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । लभ्ली डाँडाको एउटा रुखको एउटै हाँगामा दुई छुट्टाछुटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बताए ।
झुण्डिएको शव सडेगलेको छ ।स्रोतका अनुसार स्याङजा पुतलीबजार–९ घर भएका मनबहादुर भण्डारी र पोखरा बाझापाटनकी शशी नेपाली रहेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरु १५ दिन अगाडी हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन परेको थियो । आज दिउँसो लभ्ली डाँडाको रुखको एउटै हाँगामा दुई छुट्टाछुटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेपछि वडा प्रहरी कार्यालय वैदामले अनुसन्धान थालेको हो ।