logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बलिदानलाइ विज्ञापन बनाउनु सहिदप्रतिकाे अपमान र गद्धारी हाे : विश्वमञ्च


  • राजनीति
  • शनिबार, फाल्गुन १४ २०७८

मालेमाका लागि विश्वमञ्चले जनयुद्धकाे महान लक्ष्य पूरा नभएसम्म महान सहिदहरुकाे रगत र सपनाले सार्थकता नपाउने भन्दै सहिदहरुकाे सपना मर्न नदिने प्रतिबद्धता जाहेर गरेकाे छ ।

२०५२ साल फाल्गुन १४ गते आजकै लिन तत्कालीन राज्यद्धारा माओवादी जनयुद्ध दबाउने नाममा गाेरखका १४ बर्षिया बालक दिलबहादुर रम्तेलको निर्ममता पुर्वक हत्या गरेकाे थियाे ।

माओवादी घटकले आजकाे दिन अर्थात फागुन १४ देखि २१ गतेसम्म साताव्यापी सहिद सप्ताह मनाउदै आइरहेका छन् । यसैसन्दर्भमा मञ्चका संयाेजक लाेकेश बिश्वकर्माले एक विज्ञप्ति प्रकाशित गर्दै महान जनयुद्धका सहित तथा बेपत्ता योद्धाहरुकाे बलिदानकाे जगमा सम्भव भएको परिवर्तन नाफाकाे राजनीतिक गर्नेका लागि मसला मात्रै भएको भन्दै खेद प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएकाे छ ‘जसको बलमा परिवर्तन संभव भयो आज तिनै सहिद तथा बेपत्ता योद्धाहरुका सपना माथी निर्मम हमला र घात भएको छ । घाइते योद्धाका कष्टपुर्ण जीवन केवल कहानी जस्तो बन्न पुगेको छ भने नाफा बुझाउन नसक्ने कार्यकर्ता र आम जनताको समस्यालाई राजनीतिक विज्ञापनको मसला बनाइएको छ’।

नेपाली कम्युनिस्ट आन्दोलन मालेमावादी मुल बिचार सिद्धान्तबाट बिचलित हुँदै गएको भन्दै क्रान्तिकारी युवाहरुले मालेमाबादकाे सैद्धान्तिक र बैचारिक रक्षाका लागि नयाँ बैचारिक पहल लिन उद्धघाेष सहित गत फागुन १ गते जनयुद्ध दिवसको दिन मालेमाका लागि विश्वमञ्च निर्माणकाे घाेषणा गरेका थिए ।

हेर्नुस् विज्ञप्ति
जनयुद्ध नेपाली जनताको मुक्ति र मानव जातीकै नयाँ सभ्यताको खातिर गरिएको सचेत संघर्ष थियो । सोही संघर्षको दौरानमा आफ्नो जिवनको बलिदान दिनुहुने जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायत सम्पुर्ण महान सहिदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली । साथै बेपत्ता योद्धाको बिशेष स्मरण गर्दै घाइते योद्धाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । बिभेदकारी सामन्ती राज्यलाई बदल्ने कार्य जति असल हुन्छ त्यतिनै चुनौतीपूर्ण थियो । जब नेपाली आमाका असल सन्ततिले हाँसी हाँसी कुर्वानी गर्न तयार भए तब मात्र सामन्तवाद धुलोपिठो भयो । आजको दिनमा ती अजम्बरी योद्धाहरु प्रती गौरव सहित लालसलाम व्यक्त गर्दैछौ । जसको बलमा परिवर्तन संभव भयो आज तिनै सहिद तथा बेपत्ता योद्धाहरुका सपना माथी निर्मम हमला र घात भएको छ । घाइते योद्धाका कष्टपुर्ण जीवन केवल कहानी जस्तो बन्न पुगेको छ भने नाफा बुझाउन नसक्ने कार्यकर्ता र आम जनताको समस्यालाई राजनीतिक विज्ञापनको मसला बनाइएको छ । आन्दोलन उचाईमा पुर्याउन बलशाली बेग हानेकाहरू आज पनि अपमानित भएकाछन् । जुन कुरा निकै खेदजनक छ ।

बलिदानको राप र तापमा हुर्किएको आन्दोलनलाई लेनदेनमा बिसाउने र बिस्तारै विघटनमै पुर्याउनु सहिदहरू प्रतिको अपमान एवं मालेमा प्रतिको गद्दारी नै हो । त्यसैले यो रक्तिम संन्दर्भमा लाल–झण्डा मुनि उभिएर प्रण गर्नैपर्छ कि मालेमा प्रतिको निष्ठा कुनैपनि मुल्यमा कम्जोर हुनदिनेछैनाै । कहालीलाग्दो परिवेशमा जनवादी राज्यसत्ता प्राप्ति सँगै आमुल परिवर्तनको सपना बोकेर हिडेका ती महान योद्धाहरूमा पुनः भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । सहिद परिवार प्रती बिशेष सम्मान सहित महान सहिदका सपनालाइ मर्न नदिने दृढ संकल्प गर्दछौँ ।
क्रान्तिकारी अभिवादन सहित !
१४ फागुन २०७८
……………..
लोकेश विश्वकर्मा
संयोजक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार