logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसीकाे पक्षमा मतदान गर्ने माओवादी केन्द्रकाे निर्णय


  • राजनीति
  • आइतबार, फाल्गुन १५ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठक सकिएको छ । बिहान ८ बजेदेखि बसेको बैठक दुई घण्टासम्म चलेको हो ।

बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको लागि संसदमा पूरक प्रस्ताव लैजानुपर्ने निर्णय गरेको बुझिएको छ । सत्ता गठबन्धनको हिजो राति बालुवाटारमा बसेको बैठकमा समस्या समाधानको नयाँ र बीचको मार्ग पहिल्याएपछि आज माओवादीले सोहीबमोजिम निर्णय गरेको हो ।

बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या र सम्झौता कार्यान्वयनमा नेपालको कानुन सर्वोच्च र सर्वोपरी हुनेगरी पूरक प्रस्ताव पारित गर्दै सम्झौता अनुमोदन गर्ने निर्णय गरेको बुझिएको छ ।

सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो स्थायी समिति बैठक बोलाएको छ । उक्त पार्टीको बैठकपछि दिउँसो बोलाइएको संसदको बैठक अगावै बालुवाटारमा सत्ता गठबन्धनको बैठक डाकिएको छ । उक्त बैठकले पनि सम्झौता अनुमोदनको निम्ति बीचको मार्ग पहिल्याएर आवश्यक निर्णय गर्ने बताइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार