logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिद्रोही नेता देखी पुर्व प्रधानमन्त्रीसम्म एमसीसी विरुद्ध बृहत मोर्चाबन्दी !


  • राजनीति
  • बिहिबार, फाल्गुन १९ २०७८

बहुविवादित अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका कम्युनिष्ट पार्टी र मोर्चाले भोली शुक्रबार राजधानी काठमाडौमा जनसभामा आयोजना गरेकाछन ।

काठमाडौको खुल्लामञ्चमा आयोजित सभामा आन्दोलित वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार