logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादी बैठक : हान्लान् त लेखनाथले प्रचण्डलाई जुत्ता ?


  • राजनीति
  • शुक्रबार, फाल्गुन २० २०७८

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्याैपाने आजकाे माओवादी केन्द्रकाे बैठकमा कसरी उपस्थिति हुन्छन् सबैकाे लागि चासाेकाे बिषय बनेकाे छ । गत पुस ११ गते एउटा टेलिभिजन अन्तरवार्तामा माओवादी केन्द्रका युवा नेता न्याैपानेले पार्टीमा एमसिसी पास गर्छु भन्नेलाई जुत्ता हान्ने बताएका थिए ।

न्याैपानेले एमसिसी पास कुनै पनि हालतमा नहुने बताएका छन् । उनले विदेशी प्रभुसामु लम्पसार परेर कथित राष्ट्रघाती सम्झाैतालाई कुनैपनि कारण एमसिसी पास गर्न नसकिने बताएका थिए । तर उनकै पार्टीका अध्यक्ष प्रचण्डकाे नेतृत्वमा संसदबाट यहि १५ गते रातारात एमसिसी पास भएको छ ।

नेता न्याैपानेले यदि माओवादी भित्र काेहि कसैले एमसिसी पास गर्छाै वा एमसिसीकाे पक्षमा लाग्छ भने अमेरिकीहरुकाे जुठाे खाने पाल्तु कुकुर भन्दै उसका बिरुद्ध मुर्दावाद मात्रै आफै जुत्ता निकालेर हान्ने चेतावनी दिएका थिए ।

न्याैपानेले प्रचण्ड बर्मास्त्रु नभएको भन्दै कथित बामपंथी तथा कम्युनिस्टकाे आडमा बिगतबाट राष्ट्रघाती सम्झाैता भइरहेको भन्दै महाकाली जस्ताे राष्ट्र घाती सम्झाैताकाे हस्ताक्षर कर्तालाई कम्युनिस्ट भन्न नसकिने तर्क गरेका थिए । एमसिसी सहि छ र पारित गर्नुपर्छ प्रचण्डले भनेपनि गलत हुने र त्याे क्षम्य हुन नसक्ने भन्दै प्रचण्ड कुनै  बर्मास्त्रु नभएकाे बताएका थिए । अब उनकै पार्टी ले एमसिसी पास गरेपछि आज केन्द्रीय कमिटीकाे बैठक बस्दैछ ।

नेता न्याैपानेले एमसिसी पास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र अन्य सांसदलाई जुत्ता हान्लान त ? अमेरिकि दलाल भन्लान् त ? विदेशी पाल्तु कुकुर भन्लान् त ? सर्वत्र चासाे देखिएकाे छ । सामाजिक सञ्जाल प्रयाेग कर्ताले त न्याैपाने लगायतका नेतालाई सार्वजनिक प्रश्न गर्न थालिसकेका छन ।

माओवादी केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुदैछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । यसपटकको माओवादी बैठक प्रचण्डकाे लागि फलामे चिउरा जस्तै हुनेछ ।

पार्टीको महाधिवेशनकाे निर्णय बिपरित संसदबाट एमसिसी सम्झाैता पारित गर्न जवजस्त एकलाैटी निर्णय गरेकाे भन्दै प्रचण्ड बिरुद्ध ठुलै माेर्चाबन्दी भएको छ । एमसिसी पास भए लगत्तै पार्टीका धेरै नेता कार्यकर्ताले पार्टी धमाधम छाेडिरहेका छन । भने केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ र प्रचण्ड बिच घमासान लडाइ छताछुल्ल देखिसकेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार