राजनीति
काठमाडौँ– आज बुधबार पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
सचिवालय बैठकमा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल हुने बताइएको छ ।
जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।
एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ ।