logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पार्टी निर्वाचनमा नजाने विप्लवको भनाई : बैठक भोलि सकिने


  • राजनीति
  • आइतबार, चैत्र १३ २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्वाचनमा नजाने महासचिव विप्लवले बताएकाछन । एक घण्टा भन्दा लामो भनाइ राख्दै महासचिव विप्लवले प्रस्तावित प्रतिवेदनलाई परिमार्जन गर्ने र निर्वाचनमा नजाने प्रष्टीकरण दिएकाहुन । साथै उनले अब जनमतसंग्रहको मागलाई जोडदार उठाउदै राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सघर्ष चर्काउनु पर्ने धारणा राखेका हुन ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा ९ दिन अगाडी शुरु भएको १२ औँ पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले धारणा राख्ने क्रम सकिएपछि विहिबार देखी अवरुद्ध भएको बैठक आज बिहान देखि सचिवालय र दिउँसो २ बजे देखि केन्द्रिय समितीको बैठक बसेको थियो ।

सन्निकट रहेको स्थानीय निर्वाचन उपयोग गर्नेमा पार्टीभित्रै अत्यन्तै कम केन्द्रिय सदस्यहरुको समर्थन भएपछि रोकिएको बैठक आज सुचारु भएको थियो । केही दिन अगाडि प्रवक्ता प्रकाण्डले स्थानीय चुनाव उपयोगको नीतिबाट यताउता जानै नसक्ने कुरा एक अनलाइन मार्फत सार्वजनिक गरेका थिए । बैठकमा बोल्दै महासचिव विप्लवले प्रस्ताव परिमार्जन गरेर अगाडि बढ्ने घोषणा गरेकाछ्न ।

सगठनात्मक प्रस्तावमा प्रवेश मात्र गरेर अवेर भएको कारण भोलि बिहान बैठक बस्ने गरि उठेको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार