राजनीति
नेपाल कम्युनिस्ट पार्टी कैलालीले स्थानीय निर्वाचनकाे कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेकाे छ । नेकपा कैलालीको १६औं सम्पन्न बैठकलले उक्त निर्णय गरेकाे बताइएकाे छ । 
हिजाे सम्पन्न नेकपा कैलालीको बैठकले दलाल राज्यद्वारा गरिने दलाल संसदीय व्यवस्था अन्तर्गतकाे चुनावका कुनै पनि गतिविधि तथा प्रक्रियामा पार्टी नजाने निर्णय गरेकाे हाे । 
नेकपा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेकाे अध्यक्षतामा बसेकाे बैठकले कथित स्थानीय चुनाव
र दलाल संसदिय व्यवस्थाको भन्डाफोर गर्ने,MCC कार्यनयन गर्न अबरोध गर्ने ,र भ्रष्टाचारको भन्डाफोरगर्ने ,तस्कर ,माफिया ,कालोबजारी कमिसनखोर ठेकेदारी प्रथाको भन्डाफोर गर्ने र राष्ट्रवादी शक्तिहरुसंग राष्ट्रियता जनजिविकाका बिषयमा छलफल गर्ने निर्णय एकमतकासाथ कैलाली जिल्ला समितिको बैठक सम्पन्न भएको नेकपा कैलालीले जनाएकाे छ ।
फाेटाे फाइल