logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चुनाव बिरुद्ध भण्डाफाेर अभियान चलाउने नेकपा भक्तपुरकाे निर्णय !


  • राजनीति
  • मंगलबार, चैत्र २९ २०७८

नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले स्थानीय निर्वाचनकाे कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेकाे छ । नेकपा भक्तपुर को छैटौं  सम्पन्न बैठकलले उक्त निर्णय गरेकाे बताइएकाे छ ।

हिजाे सम्पन्न नेकपा भक्तपुर को बैठकले दलाल राज्यद्वारा गरिने दलाल संसदीय व्यवस्था अन्तर्गतकाे चुनावका कुनै पनि गतिविधि तथा प्रक्रियामा पार्टी नजाने निर्णय गरेकाे हाे ।
भ्याली अन्तर्गत भक्तपुर जिल्ला को छैटौं पुर्ण बैठेक एमसिसी पक्षधरहरु का विरुद्ध ब्यापक  भण्डाफाेर गर्ने  निकट आउदै गरेको स्थानीय चुनाव खारेजी लगाएत जनमत संग्रह को तयारीमा लागि दबावमुलक कार्यक्रम चलाउने निर्णय गरेकाे छ ।

बैठकमा  अतिथि केन्द्रिय सदस्य तथा भुपु भक्तपुर ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान  तत्कालीन भक्तपुर जिल्ला इन्चार्ज कमरेड सरद को उपस्थितिमा जिल्ला सेक्रेटरी बिजयकाे अध्यक्षतमा सम्पन्न भएको बताइएकाे छ ।

पार्टी भित्र र बाहिर का अबसरवाद का विरुद्ध संघर्ष जारी राख्ने प्रतिबद्धता सहित महत्वपुर्ण दुरगामी योजनाका साथ एकमतकासाथ बैठक सम्पन्न  बैठक उत्साह जनक बैठक भएको बताइएकाे छ । काठमाडौं उपत्यका अन्तर्गत रहेकाे भक्तपुर जिल्लाकाे चुनाव बिराेधी निर्णयलाई चासाेकासाथ हेरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार