logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा (बहुमत)ले पत्रकार सम्मेलन गर्ने


  • राजनीति
  • आइतबार, बैशाख २५ २०७९

नेत्र बिक्रम चन्द ‘विप्लव’लाइ महासचिव पदबाट हटाएर ९ औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरेको नेकपा (बहुमत)ले भोलि अर्थात बैशाख २६ गते पत्रकार सम्मेलन गर्ने भएको छ । उक्त पत्रकार सम्मेलन भोलि बिहान ठिक १० बजे काठमाडौ जमलमा रहेको राष्ट्रिय नाचघरमा हुने नेकपा बहुमतका नेता पुर्ण बहादुर सिंह ‘प्रबिण’ ले जानकारी गराएकाछन ।
दुई दिन अगाडि चितवनमा सम्पन्न भएको राष्ट्रिय भेलाले लिएका महत्त्वपूर्ण राजनीतिक निर्णयहरु सार्वजनिक गर्न उक्त पत्रकार सम्मेलन आयोजना गरेको नेकपा (बहुमतले)जनाएको छ ।
नेकपाले चितवनमा सम्पन्न बिशेष राष्ट्रिय भेलाले पार्टीको नाम फेरेर नेकपा (बहुमत) राख्ने निर्णय समेत गरेको थियो । उक्त सम्मेलनले तत्कालीन महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाइ हटाएको घोषणा समेत गरिसकेको छ ।
नेकपा (बहुमत)ले ९ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा धर्मेन्द्र बास्तोला ‘कंचन’लाइ चयन गरेको छ ।

भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटीसमेत गठन गरेको छ ।

उक्त चितवन भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णय गर्दै पार्टीको कार्यदिशा ‘वैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको छ ।

विप्लव सैद्धान्तिक रूपमा सारसंग्रहवादी, संशोधनवादी र अराजनीतिक खालको एकीकृत जनक्रान्तिको नाम मात्र लिएर हिँड्न खोजेको भन्दै उनको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति नहुने संयोजक बास्तोलाको बताइसकेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार