logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चुनावमा भाग लिएका विप्लव कार्यकर्ता नविनकाे प्रहरीको गाेलीबाट ज्यान गयाे


  • राजनीति
  • शुक्रबार, बैशाख ३० २०७९

नेकपाकाे १२ औं पार्टी केन्द्रीय समितिकाे निर्णय बिरुद्ध स्थानीय चुनावमा देशका केही भागमा स्वतन्त्र उम्मेदवार उठाएकाे नेकपाले चुनावकै कारण अर्को युवा गुमाएकाे छ ।

उदयपुरको एउटा मतदान केन्द्रमा प्रहरी निरीक्षकले हानेको गोलीबाट विप्लव नेकपाका उदयपुरका कार्यकर्ता नविनकाे मृत्यु भएको छ । स्थानीय सोरुमछब्बिसेमा निर्वाचन सम्पन्न भइसकेको बेला निरीक्षकले गोली हानेपछि अवस्था तनावग्रस्त भएको छ ।

“मतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।”

स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालको २१ वर्षे छोरो नवीनलाई गोली हानेर ठाउँको ठाउँ मारिएको हो । मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले इन्स्पेक्टर सन्की भएकाले नवीनको ज्यान गएको बताएका छन् ।

मतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाेली प्रहारबाट १३ वर्षे बालक माेहन श्रेष्ठ घाइते भएका छन् ।

कटारीबाट २५ किलाेमिटर टाढाकाे उक्त स्थानमा गाेली प्रहारपछि कर्मचारी र सुरक्षाकर्मी स्थानीयकाे घेराबन्दीमा परेका छन् । उनीहरूकाे उद्धारकाे निम्ति थप सुरक्षाकर्मी त्यसतर्फ पठाउन लागिएकाे बताइएकाे छ ।

पार्टी केन्द्रीय समितिकाे बैठककाे निर्णय लत्याउदै सिंगाे पार्टीलाई चुनावमा हाेमिन सर्कुलर गरेका नेकपाका महासचिव विप्लव अहिले विवादकाे केन्द्र बन्दै गएका छन् ।

संसदीय व्यवस्थामा प्रवेश संगै उनकाे चाैतर्फी आलोचना हुन थालेकाे छ भने तत्कालीन नेकपा नै पुनर्गठन भएको छ ।

स्मरणीय रहाेस नेकपा गठन भए यता १२ जना निहत्था कार्यकर्ताले यश अघि नै बिनाकारण ज्यान गुमाइसकेका छन् भने बिवादास्पत चुनावमा भाग लिने संसदीय व्यवस्था परस्त चुनाव परस्त विप्लवकाे नितिका कारण फेरि अर्को युवाले ज्यान गुमाउन पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार