logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कांग्रेस एमालेसंग गठबन्धन बनाएका विप्लवकाे थवाङ्गमा लज्जास्पद हार


  • राजनीति
  • आइतबार, जेष्ठ १ २०७९

विप्लवकाे आधारइलाका मानिएकाे राेल्पाकाे थवाङ्गमा विप्लवसहित एमाले र नेपाली कांग्रेसकाे संयुक्त गठबन्धनलाई ठुलाे मततान्तरले हराउँदै नेकपा माओवादी केन्द्रले जित हात पारेकाे छ । थवाङ्गमा विप्लव समुहका सचिवालय सदस्य सन्ताेष बुढामगरकाे जन्मथलो हाे ।

नेकपाकाे १२ औ केन्द्रीय समितिकाे बैठकले महासचिव विप्लवकाे प्रस्तावलाई अत्याधिक बहुमतले खारेज गरिदिएकाे थियोे । महासचिव विप्लवले चुनाव उपयाेगकाे औपचारिक प्रस्ताव गरेका थिए । नेता खड्कबहादुर बिश्वकर्माकाे सहयाेगमा उक्त प्रस्ताव आएपनि प्रस्ताव फेल भएको थियाे । नेताहरुद्धय विश्वकर्मा र सन्ताेष बुढामगरले विप्लवलाइ समर्थन गरेका थिए । तर बैठकमा विप्लवकाे प्रस्ताव नै अस्विकृत भएको थियोे ।

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ। काँग्रेस एमाले र विप्लव समुह सहितका संयूक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानलै विजयी भएको हो। काँग्रेस,एमाले विप्लव समुहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन्।

माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत,दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत,खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन्। थवाङको वडा नम्बर ५ तत्कालिन उवा गाविसमा पर्छ।

थवाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा उम्मेदवार छन्। तीन पार्टीका संयूक्त उम्मेदवार विप्लव समुहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोका छन्।

नेता बुढाकाे जन्मथलाे मानिएकाे थवाङ्गमा साथै पार्टी निर्णय विपरीत देशव्यापी उम्मेदवार उठाएका विप्लव प्रकाण्डले अहिलेसम्म भने कुनै ठाउँमा तेस्राे वा चाैथाे स्थानसम्म पनि आएकाे देखिदैन । पार्टी फुटउन तया तर चुनावमा जानैपर्छ भन्न विप्लव प्रकाण्डले चुनावमा भएको सर्वत्र हारपछि के गर्लान् चासोको बिषय बनेको छ ।

स्मरणीय रहाेस विप्लव समूह बनेपछि एकीकृत जनक्रान्तिकाे नाममा १२ जना निहत्था कार्यकर्ताले ज्यान गुमाइसकेका छन भने चुनाव उपयाेगकाे निती लिए पश्चात् ३० गते उदयपुरमा २१ बर्षिय युवा नविनकाे ज्यान गएपछि कुनै उपलब्धि बिना अनाहक क्षति भएको भन्दै चाैतर्फि विप्लव प्रकाण्डबिरुद्ध आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार