राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरुद्धमा बिरोध प्रदर्शन गरेको छ । दिउँसो २ बजे शान्तिबाटिकामा बिरोध प्रदर्शन गरेको हो । सरकारले हिजो मात्रै पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि विरुद्ध अखिल क्रान्तिकारीले व्यापक बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्सनमा अखिल क्रान्तिकारीका नेता मिलन राइले सम्बोधन गरेका थिए भने संचालन क्रान्तिकारीका नेता बिरेन्द्र शाहले गरेका थिए । कार्यक्रममा क्रान्तिकारीका केन्द्रिय नेता रुपा बुढा मगर सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

आजै मात्र नेकपा (बहुमत) केन्द्रीय कार्यालयका तर्फबाट नेता सुदर्शनल विज्ञप्तिमा पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरि बिज्ञप्ती जारी गरेका थिए ।
नेकपा (बहुमत) का नेता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय टेकुले ३१ वैशाख २०७९ को मितिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी प्रकाशन गरेको प्रेस विज्ञप्तिले हाम्रो ध्यान आकर्षित गरेको छ । फेरि पेट्रोलियम पदार्थको मूल्यमा नेपाली रु. १० दस वृद्धि गरी जनजीविकाका हरक्षेत्रमा मूल्यवृद्धि भएको छ ।’
प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका नाउँमा यसरी नेपाली जनताको ढाड सेक्ने काम भएको छ । त्यसकारण हामी नेपाल सरकारसँग राजस्व कर घटाउन, चुहावट रोक्न, कर्मचारीलाई दिइएको बोनस र अतिरिक्त कटौती रोक्न, भ्रष्टाचार रोक्न र अनुदान व्यवस्था गरी पेट्रोलियम पदार्थमा रु. ५०।– घटाउन जोडदार माग गर्दछौँ । यसका साथै आजदेखि जनसङ्घर्षका कार्यक्रम अघि बढाउने जानकारी पनि दिन चाहन्छौँ 
