राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु ( क्रान्तिकारी ) कञ्चनपुरले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धी बिरुद्ध बिराेध प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ । महेन्द्रनगरमा साझ ५ बजेतिर युवा विद्यार्थी मुल्यबृद्धी खारेज गर्न माग गर्दै सडकमा निस्किएका थिए ।
निर्वाचन सकिए लगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बढदो महङ्गीका विरुद्धमा सर्वहारा वर्गको अग्रदस्ता नेकपा (बहुमत ) पार्टी निकट अखिल (क्रान्तिकारी)ले आज देशव्यापी प्रदर्शन गरेकाे थियोे । महेन्द्रनगरकाे उक्त कार्यक्रम मा पार्टी र अन्य जनवर्गीय संगठन र स्थानीय बासिहरुको पनि उपस्थिति रहेको जानकारि नेकपा बहुमतका युवा नेता दिपेन्द्र सिह ऐरीले बताएका छन, ।
आज बिहान नेपाल कम्युनिस्ट पार्टी (बहुमत) )ले देउवा सरकारले पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुका सामानमा अत्यधिक मूल्यवृद्धि जनसङ्घर्ष घोषणा गरेकाे थियोे । नेकपा (बहुमत) केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय सदस्य सुदर्शनले आज बिहान जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरेका थिए
नेकपा (बहुमत) का नेता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय टेकुले ३१ वैशाख २०७९ को मितिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी प्रकाशन गरेको प्रेस विज्ञप्तिले हाम्रो ध्यान आकर्षित गरेको छ । फेरि पेट्रोलियम पदार्थको मूल्यमा नेपाली रु. १० दस वृद्धि गरी जनजीविकाका हरक्षेत्रमा मूल्यवृद्धि भएको छ ।’
प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका नाउँमा यसरी नेपाली जनताको ढाड सेक्ने काम भएको छ । त्यसकारण हामी नेपाल सरकारसँग राजस्व कर घटाउन, चुहावट रोक्न, कर्मचारीलाई दिइएको बोनस र अतिरिक्त कटौती रोक्न, भ्रष्टाचार रोक्न र अनुदान व्यवस्था गरी पेट्रोलियम पदार्थमा रु. ५०।– घटाउन जोडदार माग गर्दछौँ । यसका साथै आजदेखि जनसङ्घर्षका कार्यक्रम अघि बढाउने जानकारी पनि दिन चाहन्छौँ ।
कार्यक्रममा पेट्रोलियम पदार्थमा भएको मुल्यवृदि खारेज गर, बढ्दो महंगि नियन्त्रण गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, जनताको जनजिविकाको ग्यारेन्टी गर अखिल क्रान्तिकारी जिन्दावाद , नेकपा बहुमत जिन्दावाद लगायतका नारावाजी गर्दै विरोध सभा सम्पन्न भएको बताइएकाे छ ।