logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका ९६५ जनाको फोन ट्यापिङ्ग भएको दावी


  • राजनीति ब्यूरो
  • मंगलबार, असोज २ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विरुद्ध वर्तमान सरकार निर्मम बन्दै गएको छ भने नेकपाले पनि आफ्ना गतिविधिलाई एकपछी अर्को गर्दै तिब्रता दिदै गएको छ । पार्टीका प्रवक्ता सहित नेकपाका ११ जना केन्द्रिय नेताहरु अहिले पनि हिरासतमा नै छन । सरकारले  मुलुक भरीबाट नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी बढाए सगै उनिहरुका एकतह सम्मका नेता कार्यकर्तालाइ निगरानीमा राखेको बुझिएको छ ।

एकातिर सरकारले मुख्य चुनौतीका रुपमा नेकपालाइ लिएको छ भने अर्कोतिर नेकपा वर्तमान सरकारलाई सामाजिक दलालहरुको सरकार भन्दै संघर्षका कार्यक्रमलाई कडा बनाउदै लगेको पछिल्ला घटनाहरुले पुष्टि गरेको छ । यसै बिचमा नेकपाका एक नेताले आफ्नो पार्टीका सिनियर जिल्ला सदस्य सम्मको गरी ९६५ जना नेता कार्यकर्ताको फोन ट्यापिङ्ग भैरहेको सुचना प्राप्त भएको दावी गरेकाछन । सकारले वार्ताको ब्यानर देखाएर जनतामा भ्रम छर्दै थप दमनको तयारी गरेको प्रष्ट हुँदै गएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार