राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को संयोजकमा मिलन राई चयन भएकाछन । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको विशेष बैठकले संयोजकमा मिलन राई र सहसंयोजकमा बिरेन्द्र शाह र रुपा बुढामगर चयन भएको क्रान्तिकारीले जनाएको छ ।
पार्टीको मुख्य लाइन बिपरित तत्कालीन मुल नेतृत्व नेत्र बिक्रम चन्द ‘विप्लव’को टीम निर्वाचनमा गएपछि नेता धर्मेन्द्र बास्तोला ‘कंचन’ को नेतृत्वमा नेकपा पुनर्गठन गरि नेकपा(बहुमत) बनाएका छन । तत्कालीन नेता विप्लवलाइ छोडेर बिद्यार्थी, मजदुर , किसान,शिक्षक लगायत जबसका बहुमत नेताकार्यकर्ता नेकपा (बहुमत) मा समाहित भएकाछन ।
नेकपा (बहुमत)का केन्द्रिय नेता पुर्ण बहादुर सिंहले सामाजिक संजाल फेसबुकको स्टाटस मार्फत उक्त नेतृत्व चयन भएको जानकारी सार्वजनिक गरेकाछन ।
नेता सिंहले सामाजिक संजाल फेसबुकमा अप्लोड गरेको स्टाट्स
संघर्ष, बलिदान र विजयको गौरवशाली इतिहासको निर्माता अखिल(क्रान्तिकारी)को बिशेष बैठकबाट नवनिर्वाचित संयोजक कमरेड मिलन राई, सह- संयोजक द्व्य कमरेड बिरेन्द्र शाह र रूपा बुढा मगर लगायत सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना !