राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएको छ ।
प्रतिबन्ध अगाडी देखि प्रतिबन्ध हुदै यहाँ सम्म पुग्दा जेल तथा हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्न माग समेटिएको ज्ञापन–पत्र बुझाएको हो । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र वार्ताटोलीक संयोजक हेमन्त प्रकाश ओली ‘सुदर्शन’सहितको वार्ता टीम र अन्य नेताको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापन–पत्र बुझाएको नेकपा (बहुमत) स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै आफूहरूले बिगतमा प्रतिबन्ध लगाइएको समयमा पक्राउ गरेर अझै पनि प्रहरीको नियन्त्रणमा रहेका करिब चार दर्जन नेता कार्यकर्ता छोड्न आग्रह गरेको पार्टीका संयोजक कञ्चनले संचार माध्यमलाई जानकारी दिएकाछन ।