logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवले लिएको कार्यदिशाले क्रान्ति हुदैन : पुन


  • राजनीति
  • बिहिबार, असार ९ २०७९

मियालाइ आरोप नेपाल माथी भारतीय प्रोक्सी वार हो - ओम पुन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुनले विप्लकाे कार्यदिशाले क्रान्ति नहुने बताएका छन् । उनले विप्लव एकपछि अर्काे गाेलचक्करमा फस्दै गएकाे पार्टी निमार्णमा गंभिर समस्या रहेकाे र कार्यदिशा प्रष्ट नभएको भन्दै विप्लव हिडेकाे बाटोबाट क्रान्ति हुन नसक्ने दावी गरेका छन् ।

आज बिहानै नेता ओम पुनसहित चार नेताले सामुहिक राजिनामा दिएका थिए । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले विहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर सामुहिक राजिनामा दिएका हुन् ।

पार्टी प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरिय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।

विज्ञप्तिमा विदलिँदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । “अहिलेको विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं ।

नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्दै व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महशुस गरी तयसैको प्रयासरुवरुप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौ” विज्ञप्तिमा भनिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार