राजनीति
नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको बन्द सत्र आज तेस्रो दिन चलिरहेको छ । सनराइज स्मृति दिवसको दिन असार १२ गते उद्धघाटन भएको भेलाको उद्धघाटन नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ गरेका थिए ।
आज बन्द सत्रमा सत्रमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ले प्रशिक्षण मन्तव्य राखिरहेकाछन । बन्द सत्रमा प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’, सचिवालय सदस्यहरु उदय बहादुर चलाउने’दिपक’ गुणराज लोहनी र पुर्ण बहादुर सिंह लगाएत महाधिवेशन आयोजक समितिका सदस्यहरु समेतको उपस्थित रहेको छ ।
आइतबार बेलुका देखि सुरुभएको बन्द सत्र प्रशिक्षण सकिए लगतै खाना खाना खाएर संगठनात्मक बिषयमा प्रवेश गर्ने अध्यक्ष मण्डलले जनाएको छ । भुगोल र सबै विश्वविद्यालयका गरी आठवटै समूहमा विधान–प्रतिवेदनमाथि टिप्पणी राख्ने काम सम्पन्न भैसकेको छ। नेतृत्वको सेट चयन गर्दै भेला आज सम्पन्न हुने आयोजक समितिले जनाएको छ।