राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि पछिल्लो समय हात लागेको भनिएको अर्को टिपोटमा नेकपालाइ मुख्य मुख्य आर्थिक सहयोगीहरुको नाम सार्वजनिक भएको छ ।
सरकारी वकिलसँग रहेको भनिएको सो डायरीमा उल्लेख भएअनुसार,
अमर रायमाझीले ५ लाख
राजेश खड्काको जेम्स स्कुलले २० लाख
काठमाडौं मेडिकल कलेजले १५ लाख
प्रसादी एकेडेमीले १० लाख
गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख
नाइटिंगेल स्कुलले ५ लाख
हेलि एभरेष्टले १० लाख
निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख
सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख
औषधि माफिया विशाल पण्डितले ५ लाख
सुरेन्द्रबहादुर सिंहले १ करोड
ग्लोबल (बैंक वा समूह नखुलेको)ले २० लाख
नोबेल मेडिकल कलेजले १५ लाख
रामबहादुर धितालले १ लाख
क्यासिनो किङ किशोर सिलवालले १ करोड
युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख
म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख
सुरेन्द्र अधिकारीले १० लाख
शिवम् सिमेन्टले १५ लाख
मारुती सिमेन्टले ५ लाख
अनिल अग्रवालले ५ लाख
सोनापुर सिमेन्टले ३ लाख घोराही सिमेन्टले ५ लाख
एलबी ग्रुपले ३ लाख
गोल्छा अर्गनाइजेशनले ३ लाख
बुटवल पावर कम्पनी लिमिटेडले १ लाख
ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख
सुवास श्रेष्ठले १ लाख
निष्टका माधव बरालले ५ लाख
डाक्टर कनौडियाले १ लाख
सिर्जना राणाले १ लाख
रामेश्वर अर्यालले १ लाख
अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् ।
यस्तो विवरण सुनेपछि गृहमन्त्री रामबहादुर थापाले केही सुरक्षा अधिकारीको बीचमा नया टिप्पणी गरेको पनि बाहिरीएको छ ।’ यो बारे नेकपाको खास धारण बाहिर नआएको भएता पनि शुभचिन्तकहरु बाट पार्टीले सहयोग लिने गरेको प्रवक्ता प्रकाण्डले सार्वजनिक रुपमा नै बताएका थिए ।
– नाम लिष्ट- जनआस्था बाट साभार