logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चार पार्टीको एकता हुँदै , कस्तो होला कार्यबिभाजन !


  • राजनीति
  • सोमबार, साउन ९ २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन् ।

आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै तत्काल कुनै पार्टीसँग पनि एकता नहुने बताउँदै चार पार्टी मिलेर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको र चुनावमा मोर्चा बनाएर जाने बताए ।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं ।’ नेता पुनले भने ।

उनले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने समेत बताए ।

‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ नेता पुनले भने ।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले थपे, ‘एमाले कता जाने उसैले निर्णय गर्ला ।’ नेता पुनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार