logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अखिल क्रान्तिकारीद्धारा अमेरिकी बिदेश मन्त्रीलाई कालो झन्डा


  • राजनीति
  • बिहिबार, साउन १२ २०७९

अमेरिकी मन्त्री लुलाई नेकपा निकट विद्यार्थी संगठनले कालो झन्डा देखाएको छ ।
अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले कालो झण्डा देखाएको हो । दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई अखिल क्रान्तिकारीले गौशालामा कालो झन्डा देखाएका थिए।

मन्त्री लु गौशाला हुँदै होटल जाने क्रममा कालो झन्डा देखाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। एमसीसी, एसपीपी खारेजीको माग राख्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सन्जेल, केन्द्रीय सदस्य प्रेम सिजापति, ललित बम र रमेश रावत, भक्तपुर संयोजक अशोक महतरा रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार